बाँकेमा कोरोना संक्रमित शनिबार ४० जना थपिएका छन । भेरी अस्पताल नेपालगन्जको ल्यावमा गरिएको परिक्षणमा ३५ र वागेश्वरी डाईग्नोष्टिकको परिक्षणमा ५ जना संक्रमित थपिएका स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनु भयाे ।
श्रेष्ठका अनुसार शनिबार थपिएका संक्रमितमध्ये भुमी सुधार तथा मालपोत कार्यालय नेपालगन्जका लेखा अधिकृत सहित ८ जना कर्मचारी रहेका छन । यसरी ७ जना सेवाग्राही रहेका छन । त्यसैगरी नयाँ संक्रमितहरुमध्ये नेपालगन्जका १५, कोहलपुरका ३, राप्तीसोनारीका १, बर्दियाका २ तथा दाङ र संखुवासभाका १÷१ जना रहेका छन ।
बाँकेमा शुक्रबार जिल्लामा कोरोना परिक्षणको विवरण सार्वजनिक गरिएको थिएन । पछिल्लो ४८ घण्टापछि सार्वजनिक गरिएको विवरणमा मालपोत कार्यालयका लेखाअधिकृत सहित ४० जनामा संक्रमण पुष्टि भएको श्रेष्ठले पुष्टि गर्नु भएकाे छ ।