
नेपालगन्ज उपमहानगरपालिकाको मुख्य केन्द्रबन्दिु त्रिभुवनचोकमा दैनिक ज्याला मजदुरी गर्ने श्रमिककाे श्रम बजार रामलिला मैदानमा सारिएको छ । भोलिबाट काम खोज्ने श्रमिक र श्रमिक खोज्नेहरु रामलिला मैदानमा जानुपर्ने छ । यहाँ बाँके बर्दीया र भारतबाट दैनिक ज्यादारी मजदुरी गर्न आउने मजदुरले एकविहानै भरिभराउ हुने गर्दछ ।
त्रिभुवनचोकको साँघुरो ठाउँमा दैनिक ठूलो संख्यामा श्रमिहरु काम खोज्दै आउने गरेका छन् ।त्यसरी काम खोज्न आएका श्रमिक वा अरु समेत साँघुरो ठाउँ हुनाले कोरोनाको जोखिम बडेपछि खुल्ला ठाउँ खोजिएको छ । रामलिला मैदानमा सामाजिक दुरी कायम गरिने छ । प्रहरीको सहयोग लिएर व्यवस्थापन गरिने छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका कोभिड फोकल पर्सन नरेश श्रेष्ठले कोरोना सर्ने जोखिम कम गर्नका लागि त्रिभुवन चोकमा बिहान हुने भिडभाडको भोलिबाट ब्यबस्थापन सहित समाधान खोजिएको जानकारी दिनु भयाे । त्यसको समाधान भनेको उच्च सतर्कता सहित रामलिला मैदानमा श्रम बजार सार्नु हो ।