बाँके तथा बर्दिया लगायतका जिल्लाका थप ४४ जनामा कोरोना संक्रमण पुष्टि

भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको परिक्षणमा बाँकेसहितका थप ४४ जनामा कोरोना संक्रमण देखिएको छ । अस्पतालले बिहीवार जारी गरेको अद्यावधिक अनुसार बाँके तथा बर्दिया लगायतका जिल्लाका थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा अस्पतालको प्रयोगशालामा परिक्षण गरिएका २१५ स्वाबको नमुना मध्ये ४४ जनामा कोरोना देखिएको अस्पतालले जनाएको छ ।