पार्टीलाई एकताबद्ध बनाउन पहल गर्ने माओवादी केन्द्रको निर्णय

नेकपा माओवादी केन्द्रले कम्युनिष्ट पार्टीलाई एकताबद्ध गर्नका लागि पहल गर्ने निर्णय गरेको छ। शनिबारदेखि बसेको स्थायी कमिटीको बैठकले समाजवादसम्म पुग्ने लक्ष्य लिएर कम्युनिष्ट पार्टीलाई एकताबद्ध बनाउने निर्णय गरेका हो।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भनुभयाे, कम्युनिष्ट आन्दोलनमा देखापरेको समस्या समाधानका लागि समाजवादको लक्ष्यमा रहेका सबै पार्टीहरूसँग सहकार्य गर्नको लागि प्रयास गछौँ। समाजवादको लक्ष्य लिएका सबै कम्युनिष्ट पार्टीहरूसँग छलफल गछौँ। वैचारिक रूपमा सबै पार्टीसँग एकताको पहल गछौँ, भाग्दैनौँ।

उहाँले निर्वाचन आयोगमा दर्ता हुन लागेको नेकपा एकीकृत समाजवादी पार्टीको सनाखत भइसकेपछि सरकारले पूर्णता पाउने दाबी गर्नुभयो । माधवजीहरूको पार्टीको निर्णय अन्तिम भइसकेपछि सरकारलाई पूर्णता दिइन्छ। अब एक दुई दिनमा पुरा हुन्छ। मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको हो। सरकार र संसदलाई पूर्ण रूपमा सञ्चालन गर्नुपर्ने बाध्यता भएकाले सरकार गठनलाई ढिलाई भएको छ उहाँले भनुभयाे।

बैठकले राष्टियता र प्रतिगमनविरूद्ध सचेत हुनुपर्ने बिषयमासमेत केन्द्रीत रहन आग्रह गरेको छ। बैठकले केन्द्रीय कमिटीको बैठकले गरेका निर्णयलाई अनुमोदन गर्दै विभिन्न प्रदेशमा रहेको रिक्त पदाधिकारी नियुक्ति, पार्टीको विभिन्न विभाग, केन्द्रीय सदस्य नभएको जिल्लामा केन्द्रीय प्रतिनिधि तोकेर इन्चार्जको जिम्मा दिइएको समेत उहाँले बताउनुभयाे।

सबै केन्द्रीय सदस्यहरूलाई जिम्मेवारी दिइएको समेत उहाँले जानकारी दिनुभयाे। राष्ट्रिय सम्मेलनलाई केन्द्रमा राखेर वडा र पालिका अधिवेशन र प्रदेश अधिवेशनअनुसार पार्टीको निर्वाचन आयोगले निर्वाचन नियमावली र निर्देशिकालाई छिट्टै तल पठाएपछि सबै काम सकिन्छ उहाँले भनुभयाे।