एमालेले मतदाता नामावली सङ्कलन अभियान संचालन गर्याे

नेकपा एमालेले मतदाता सङ्कलनमा सक्रियतापुर्वक लाग्न मातहतका सवै कमिटीहरूलाई निर्देशन दिएको छ । एमाले महासचिव शंकर पोखरेलले सर्कुलर जारी गर्दै मताधिकारको लागि सबैलाई मतदाता नामावली र आवेदन फारम भर्ने काममा सक्रियतापुर्वक लाग्न निर्देशन दिनुभएको हो । निर्देशनमा मतदाता नामावली सङ्कलन र अद्यावधिक गर्न र गराउन भनिएको छ ।

नेकपा एमालेले मतदाता सङ्कलनमा  मातहतका सवै कमिटीहरूलाई निर्देशन गर्दै निर्वाचन अायाेग र कार्यालयहरूलाइ सहयाेग तथा समन्रवयमा काम गर्न निर्देशन गरेकाे छ । मदतादाता हुने उमेर पुगेका सबै नागरिकलाइ मताधिकारकाे अधिकार प्रयाेगमा सहयाेग गर्ने अभियान नै संचालन गर्ने भएकाे छ ।