जानकी वडा नं. २ स्तरीय क्रिकेट प्रतियोगितामा बेलभार टाइगर्स विजेता


जानकी गाउँपालिका वडा नं. २ मा वडास्तरी क्रिकेट प्रतियोगिमा बेलभार टाइगर्स विजेता भएको छ । यसैगरी प्रतियोगितामा सूर्या क्रिकेट टिम उपविजेता भएको छ । विजेता टीमलाई नगद पुरस्कार २०हजार ट्रफी, मेडल र प्रमाण–पत्र त्यसैगरी उप विजेतालाई नगद १०हजार ट्रफी मेडल र प्रमाण–पत्र वितरण गरेको आयोजक संस्थाका अध्यक्ष सकिल अहमद राले जानकारी दिनुभयो ।


पुस ४ गते देखि सुरु भएको खेल एकता शिक्षा समाज कल्याण संस्थाले जानकी गाउँपालिका जानकी वडा नं. २ कार्यालयको आर्थिक सहयोगमा कार्यक्रम भब्य रुपमा  मंगलबार सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अथिति गाउँपालिका कार्यबहाक अध्यक्ष भुमिसरा धिताल, प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले विजेता समूहलाई पुरस्कार वितरण गर्नु भएको थियो । प्रतियोगितामा जानकी २ नं को वडा अध्यक्ष चन्द्रिका प्रसाद गुप्ता खेलको विकास गर्नका लागि वडापालिकाले यस प्रकारका विभिन्न रचनात्मक काम गर्दै आएको बताउनु भयो ।

कार्यक्रम संचालक द्रोण थापाले गर्नु भएको थियो र समापन कार्यक्रममा संस्थाका अध्यक्ष सकिल अहमद राई गर्नु भएको थियो।