जानकी सुनको चिडिया बन्दैछः गौतम


बाँकेको जानकी गाउँपालिका सुनको चिडिया बन्ने लुम्बिनी प्रदेश सभा सदस्य बाबुराम गौतमले बताउनु भएको छ । उहाँले जानकी गाउँपालिकाको १५ शैयाको अस्पताल उदघाटन गर्दै सो कुरा बताउनु भएको हो । विकास र पूर्वाधारकोका हिसावले सबै भन्दा अब्बल काम जानकी गाउँपालिकाले गरेका उहाँको धारणा छ ।
शैक्षिक क्षेत्रको विकासका लागि जानकी गाउँपालिका बाँकेकै सबै भन्दा धेरै काम गरेका उहाँले बताउनु भयो । स्वर्गिय अध्यक्ष राम निवास यावद नेतृत्वको नेकपा एमालेका उम्मेदवारले बाचाका गरेका महत्वकाँक्षी योजना पनि पुरा गरेको बताउनु भएको छ । उहाँले एमालेका जनप्रतिनिधि निर्वाचित हुँदा गाउँपालिका क्षेत्रमा जानकी माध्यामिक विद्यालयमा मात्रै कक्षा दश सम्मको अध्ययन हुने जानकी हाल ४ वटा थप विद्यालयमा माध्यामिक तह कक्षा १० सम्मको पढाइ हुुनु र विद्यालयको पूर्वाधारयुक्त हुँनु शैक्षिक क्षेत्रमा ठूलो क्रान्तिनै भएको उहाँको धारणा छ ।
हरेक नागरिकलाई स्वच्छ र खानेपानीको पहुँच स्थापित गर्नका लागि खानेपानीका टंकीहरु धामाधम निर्माण हुँदै गएको स्वास्थ्यमा १५ शैयाको अस्पताल निर्माण हुनुले जनताको लागि स्थानीय सरकार पूर्ण उत्तरदायी र जिम्मेवारीपूर्वक काम गरेका प्रष्ट हुने बताउनु भयो । कृषि क्षेत्रको विकासका लागि उहाँले कृषकले उत्पादन गरेका जनु कुनै कृषि तथा पशुजन्न बस्तुको बजारीकरणका लागि लागि समेत सहज पहुँच स्थापित भएको बताउनु भयो ।
जानकी गाउँपालिका क्षृेत्रमा हाल सबै बस्तीमा जोड्ने कालापत्रे सडक र वस्तीहरुका भित्री सडक पिसिसी गरिएको छ । आज भन्दा करिब ५ वर्ष पहिला र अहिले जानकी गाउँपालिका क्षेत्रका वस्तीका मुहासनै बदलिएको छ । विना राजनीतिक पूर्वाग्रहनै गाउँपालिकाले काम गरेकोमा गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई उहाँले प्रसंशा गर्नु भएको थियो । बाँके जिल्लाको क्षेत्र नं. ३ ख बाट निर्वाचित गौतम विकास पूर्वाधारका लागि आफ्ना निर्वाचन क्षेत्रका १२ वटा वडाको विकासका लागि अवब्बल जननप्रतिनिधिको रुपमा यहाँ स्थानीय बासिन्दाले स्वीकार गरेका छन् ।