भीम बहादुर शाहीेको “ धर्मको झोला ” (खण्डकाव्य) कृतीको विमोचन

सुस्मा श्रेष्ठ – नेपालगन्ज : भीम बहादुर शाहीे अशोकको “ धर्मको झोला ” (खण्डकाव्य) कृतीको विमोचन भएको छ । कानून व्यवसायी समेत रहनुभएका शाही लोकगायक तथा लेखक, साहित्य कृतीमा कलम चलाउने भीम बहादुर शाही अशोकको २५ औं “ धर्मको झोला” (खण्डकाव्य) कृति बिमोचन शनिवार एक समारोहका विच नेपालगन्जमा भएको हो । शनिवार भीम बहादुर शाही अशोकको ७० औ जन्मदिनको अवसरमा सर्वदा साहित्य संगमको आयोजनामा “धर्मको झोला” खण्डकाव्य कृतीको विमोचन गरिएको हो ।

हजारीको फूल, अभागिनी आमा, बिजया र कान्तावाती, डोल्पा दर्पण, शान्ति क्षेत्रभित्रको ज्वाला क्षेत्र , वेदना मनभित्रका, स्वप्नावली, झ्यालबाट बाहिर हेर्दा, जोगी र भोगीको सम्वाद, मेरो जिन्दगीको पाइला, नेपाल दर्पण, रासकोटी शाहीहरुको वंशाली, बोलीको गोली सुख सागर, मेरो मानस पलटमा छापिएका कुरा, प्रभाव, छोरा (उपन्यास), मेरो जिवनका पाइला, धर्मको झोला, नेपाली चण्डी, चाणक्य ज्ञानमाला, इन्जिनियरकी आमा, त्रिखण्डकाव्य (सुन्चरीको कथा), निर्मको व्यथा र नलिनाको रमिता), सात समुद्ध पारी अमेरिकाको यात्रा दोबाटो, धर्मको झोला सहित २५ वटा (उपन्यास), (खण्डकाव्य) कृती लेखिसक्नु भएको छ ।

यस खण्डकाव्य कृतीले धर्मको नाममा भइरहेको मानविय बिभेदलाइ ऐना जस्तै छर्लङ्ग पार्ने मुख्य उद्देश्य रहेको लेखक शाहीले बताउनुभयो । उक्त धर्मको झोला खण्डकाव्य कृतिको प्रमुख अतिथी फुल्टेक्रा नेपालगन्जका बरिष्ठ साहित्यकार गणेश जि सी रहनुभएको थियो । नेपालगन्ज कन्या माबि स्कूल व्यवस्थापन समितीको अध्यक्ष किरण आचार्य, अथिती डा जनार्दन शमा आचार्य , कमान शिहं बोहोरा , चरित्रा शांह लगायतको उपस्थितीमा उक्त कृतीको बिमोचन गरिएको थियो । कार्यक्रम संचालन सर्वदा साहित्य संगमका अध्यक्ष खगेन्द्र गिरी कोपिलाले गनुभएको थियो ।