खजुरा वडा नम्बर दुईमा निर्वाचित अध्यक्ष धनिराम ओलीले हिजाे पदभार ग्रहण गरेका छन् ।खजुरा गाउँ पालिका वार्ड न २ मा सोमबार भएको पद बहाली तथा बिदाइ कार्यक्रममा ओलीले पदभार ग्रहण गरेका हुन् ।पदभार ग्रहण गर्दै अध्यक्ष ओलीले वडाको समुन्नत बिकासको लागी आफुले दलगत स्वार्थ भन्दा माथी उठेर कार्य गर्ने बताएका थिए ।