नेपाल समाजवादी केन्द्रका अध्यक्ष बाबुराम भट्टराई मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुग्नु भएकाे छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा यी दुई नेताबीच केहीबेर अघि भेटवार्ता सुरु भएको केन्द्रका नेता विश्वदीप पाण्डेले जानकारी दिनु भयाे । भेटमा भट्टराईसँगै पार्टीका अर्का अध्यक्ष महिन्द्र राय यादव पनि सहभागी हुनु भएकाे छ।
दुई नेताबीच आगामी संघ र प्रदेशको चुनावी तालमेल, सत्ता गठबन्धन लगायत समसामयिक राजनीतिबारे छलफल हुँदैछ। केही समयअघि जनता समाजवादी पार्टी जसपामा कारवाहीमा परेपछि नयाँ राजनीतिक दल नेपाल समाजवादी केन्द्र खोलेका भट्टराईले चुनावको मिति घोषणा भएसँगै चुनावी तालमेलबारे उच्चस्तरीय भेटघाट गर्नु भएकाे हाे ।