रुकुमपूर्वको भुमे गाउँपालिका–३ स्थित क्याङसीमा भएको दुर्घटनाका घाइतेलाई उद्दार गर्न सेनाको हेलिकप्टर परिचालन गरिएको छ । बस दुर्घटनाका घाइतेलाई उद्धार गर्न हेलिकप्टर परिचालन गरिएको गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताउनु भयो । दुर्घटनामा घाइते भएकाहरूको उद्धारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर घटनास्थलमा पठाइएको सह–सचिव पोखरेलले जानकारी दिए । काठमाडौंबाट रूकुमकोटतर्फ गइरहेको ग १ ख ९१०९ नम्बरको बस भूमे गाउँपालिका–३ स्थित क्याङसी बगरमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर १२ घाइते छन् ।
घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको रुकुम पूर्वका सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल आचार्यले बताए । बस सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।