राष्ट्रपति भण्डारीलाई डेंगुको लक्ष्यण देखिएपछि अस्पतालमा भर्ना

राष्ट्रपति विद्यादेवी भण्डारी अस्पताल भर्ना भएकी छन् । डेंगुको लक्षण देखिएपछि उनी आज (शनिबार) विहान ११ बजे महाराजगञ्जस्ति शिक्षण अस्पतालमा भर्ना हुनु भएको छ ।

शिक्षण अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीका अनुसार राष्ट्रपति भण्डारीलाई एनेक्स २ को बेड ६०१ मा भर्ना गरिएको छ ।

उपचार संलग्न डा. निरज बमले राष्ट्रपति भण्डारीलाई डेंगुको लक्षण देखिएको जानकारी दिनु भयाे । ‘तीन– चार दिनदेखि ज्वरो आउने, टाउको दुख्ने, वान्ता आउने लक्ष्ण देखिएपछि उहाँ अस्पताल भर्ना हुनु भएको हो,’ डा. बमले भन्नु भयाे  ‘रगतलगायतका परीक्षण गरेका छौं । ल्यहाँबाट रिपोर्ट आएपछि मात्रै के भएको थाहा हुन्छ ।’ उहाँले आफूहरु रिपोर्ट कुरिरहेको बताउनु भएको छ ।