प्रधानमन्त्री र मन्त्री सबैठाउँमा प्रचार गर्न पाउने

प्रधानमन्त्री र मन्त्रीहरू पनि आफ्नोबाहेकको क्षेत्रमा पनि चुनाव प्रचार गर्न जान पाउने भएका छन् । यसअघि निर्वाचन आयोगले लागू गरेको निर्वाचन आयोगमा प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नोबाहेकको निर्वाचन क्षेत्रमा चुनाव प्रचार गर्न नपाउने व्यवजस्था थियो ।

शनिबार आयोगले पत्रकार सम्मेलन गरी आचारसंहितामा सामान्य संशोधन भएको जानकारी दिएको छ । प्रधानमन्त्री र मन्त्रीहरू चुनाव प्रचारमा जाँदा सार्वजनिक सम्पत्तिको भने प्रयोग गर्न पाउने छैनन् । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा डडेल्धुराबाहेकका क्षेत्रमा चुनाव प्रचार गर्न गए उनले आफ्नै खर्चमा जानुपर्ने हुन्छ ।