तलब भत्ता नलिने उम्मेदवार डा धवलशमशेर राणाको घोषणा

राप्रपाका महामन्त्री एवम् बाँके क्षेत्र नं। २ का प्रतिनिधि सभाका उम्मेदवार डा। धवलशमशेर राणाले यसपाली पनि तलब भत्ता नलिने घोषणा गरेका छन् ।दुई पटक नेपालगञ्ज उपमहानगरपालिकाको मेयर हुँदा तलब भत्ता नलिएका डा। राणाले सांसदको पनि तलब भत्ता नलिने घोषणा गरे । ‘सांसदको तलब ८०(९० हजार कति हुन्छ । त्यो म लिन्नँ, जनताकै सेवामा लगाउँछु’ उम्मेदवार डा।राणाले भने, मैले राजनीति सेवा गर्नका लागि गरेको हो । तलब भत्ता खानका लागि होइनँ ।’

डा। राणाले डुडुवाको बेतहनीमा भएको कोण सभामा तलब भत्ता नलिने घोषणा गरेका हुन् । अहिले हरेक भाषणमा मैले डुडुवाबाटै तलब भत्ता नलिने घोषणा गरिसकेको जानकारी दिँदै आएका छन् ।नेपालगञ्ज उपमहानगरपालिकाको मेयर हुँदा डा। राणाले ४२ हजार रुपैया तलब र ८ हजार रुपैया भत्ता भन्दै हरेक महिनाको ५० हजार रुपैया सामाजिक कार्यमा लगाउँदै आएका थिए । डा। राणाले भेरी अस्पताल परिसरमा कोरोनाका विरामीलाई लक्षित गरी सञ्चालन गरेको २० रुपैयामा खाना खुवाउने संस्था, एमबीबीएसमा नाम निकाल्न सफल खजुराकी किशोरीलगायत सामाजिक संघ संस्थालाई तलब भत्ता दिएका थिए ।

राप्रपाको राम्रो संगठन नहुँदा पनि डा। राणाले मेयरमा चुनाव जित्दै आएका छन् । यसपालीको प्रतिनिधि सभा निर्वाचनमा डा। राणालाई एमालेले समर्थन गरेको छ । एमालेले प्रदेशको दुई वटै टिकट लिएर प्रतिनिधि सभामा डा। राणालाई समर्थन गरेको हो ।नेपालगञ्ज उपमहानगरपालिकामा जस्तो डा। राणालाई चुनाव जित्न सहज भने देखिँदैन । नेपालगञ्जमा आफ्नो उपस्थिति बलियो बनाउदै लगेका जसपाका नेता मो। इस्तियाक राईले डा। राणालाई सहज हुन दिने देखिदैन ।

यी दुईसँगै कांग्रेसका सुदीपनरसिंह राणा र शिवसेना समर्थित दिवाकर खनाल चुनावी मैदानमा छन् । नेपालगञ्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिका समेटिएको क्षेत्र नं। २ बाट संसद भवन छिर्न नेताहरुको दौडधुप बढ्दो छ ।मतदाताको घरदैलोमा पुग्न नेताहरुलाई भ्याइ नभ्याई छ । करिव एक लाख मतदाता रहेको क्षेत्र नं। २ लाई आफ्नो बनाउन नेताहरू लागि परेका छन । यो क्षेत्रमा जुन नेताले जितेपनि आफ्नो पार्टीकोसँगै अरु पार्टीको मत खोस्नुपर्ने देखिन्छ ।

नेपालकै पुरानोमध्येको शहर नेपालगञ्जलाई कांग्रसका पूर्वसभापति एवं प्रधानमन्त्री स्व। सुशील कोइरालाले आफ्नो चुनावी क्षेत्र बनाएपनि यहाँबाट निरन्तर एकै व्यक्तिले जितेको इतिहास छैन । मो। इस्तियाक त्यो रेकर्ड तोड्न अघि बढ्दा राप्रपाका डा। राणा, कांग्रेसका सुदीप, स्वतन्त्र उम्मेदवार दिवाकर आफू जित्न लागि परेका छन् ।

आचार संहिताका कारण अहिलेसम्म जनता देखाउने कार्यक्रम भएका छैनन् । नेताहरु केही कार्यकर्ताहरू लिएर घरदैलो र भेटघाटमा निस्किरहेका छन् । राजनीति सेवा भएकाले त्यहाँबाट आउने तलब भत्ता लिँदै नलिने डा। राणाको घोषणाले यसपाली मतदातालाई कस्तो छाप पार्ला यो हेर्न मंसिर ४ नै कुर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *