गाउँपालिका क्षेत्रको समग्र विकासका लागि प्रमुख प्राथिमकता शिक्षा, कृषि उत्पादन र स्वास्थ्यको सहज पहुँच रहेको बाँकेको जानकी गाउँपालिका उपाध्यक्ष रामप्यारी यादवले बताउनु भएको छ । उहाँका अनुसार विशेषगरी शिक्षाको विकास गर्नसके सबै क्षेत्रमा विकास हुने भएकोले शिक्षाको विकासका लागि केही उल्लेखिए कार्य समेत गरेको बताउनु भएको छ ।
गाउँपालिकाले शिक्षाको विकासका लागि जति लगानी गरिएको छ सो अनुसारको अहिलेनै उपलब्धि नदेखिए पनि क्रमिक रुपमा त्यसको प्रभाव देखिने उहाँको धारणा रहेको रेडियो हातेमालोसँगको कुराकानीमा बताउनु भएको छ । उपाध्यक्ष यादवका अनुसार पहिलो पटक कक्षा १२ सम्मको अध्ययनका लागि विद्यालय संचालन, कन्या विद्यालय स्थापना र सबै वडामा कक्षा १० सम्म अध्ययनका लागि भएका प्रयासहरु सफल हुने बताउनु भएको छ ।
जानकी गाउँपालिकामा हालसम्म कक्षा १२ अध्ययनका लागि विद्यालय नभएपनि यस वर्षदेखि सो अध्ययनका लागि बजेट तथा कार्यक्रम रहेको बताउनु भयो । यसका साथै गाउँपालिका क्षेत्रमा सरकारी कर्मचारी, शिक्षक र जनप्रतिनिधिले समेत आफना बालबालिकालाई सरकारी(सामुदायिक) विद्यालयमा अध्ययन गराउन सके अझै शिक्षाको गुणस्तर हुने र शिक्षा आर्जनमा समेत प्रभावकारी हुने उहाँले बताउनु भएको छ । विद्यालय शिक्षामा स्थानीय सरकार सहित अन्य माथिल्लो प्रदेश र संघीय सरकारको लगानी छ, त्यसका आधारमा शिक्षामा गुणस्तर बृद्धिका लागि शिक्षक कर्मचारीलाई पनि जिम्मेवार बनाउनका लागि आफु अनुगमन संयोजक भएकोले केही नयाँ प्रयास पनि गरेको बताउनु भएको छ ।
उपाध्यक्ष यादवका अनुसार गाउँपालिकाले आगमी दिनमा अझै शिक्षाको विकासका लागि कर्मचारी, जनप्रतिनिधि, शिक्षक र अभिभावकले मेहनत गर्नु पर्ने बताउनु भएको छ । जबसम्म लगानी अनुसारको व्यवस्थापन हुँदैन तबसम्म अपेक्षा गरेको उपलब्धि हाँसिल गर्न नसकिने उहाँको विचार रहेको छ ।
जानकी गाउँपालिका क्षेत्रमा सिंचाइको व्यवस्था नभएकोले यसको सहज पहुँच विस्तारका लागि प्रयास भएपनि किसानको मागका आधारमा गाउँपालिकाले यस प्रकारको लगानी गर्न बजेट अभाव भएको उपाध्यक्ष यादवले बताउनु भएको छ । उहाँका अनुसार स्वास्थ्य क्षेत्रमा भौतिक संरचना र सेवामा भने जनभावना अनुसारको काम भएको बताउनु भएको छ । यसलाई व्यवस्थापन गर्नका लागि सबै कर्मचारीले स्वतन्त्र पूर्वक काम गर्नु पर्ने समेत बताउनु भएको छ । बाटो, सडक निर्माणका कार्य गर्नका लागि केही कमी कमजोरी भएपनि यस वर्ष बजेट अभावको कारण उल्लेखिए काम हुन नसकेको बताउनु भएको छ ।
विष्णु शर्मा, जानकी