जेठ ३ गते मदन-आश्रति स्मृति दिवस

नेकपा (एमाले)का तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभागका प्रमुख जीवराज आश्रितको स्मृति दिवस आज मनाइँदै छ । विसं २०५० जेठ ३ गते हालको भरतपुर महानगरपालिका–२९ दासढुङ्गामा जीप दुर्घटनामा उहाँहरूको निधन भएको थियो ।

नेकपा (एमाले)ले देशैभर आज दिवस मनाउने भएको छ । नेकपा (एमाले)ले पनि आज विहान जिल्ला पार्टी कार्यालयमा   श्रद्धाञ्जलि कार्यक्रम आयोजना गरेको छ ।