रकमान्तरको विरोध गर्दै एमालेले गर्‍यो मधेश प्रदेशसभा बैठक अवरुद्ध

प्रमुख प्रतिपक्षी नेकपा एमालेले मधेश प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । मधेश सरकारका अर्थ मन्त्री संजय कुमार यादवले मनोमानी ढंगबाट  करोडौं रुपैयाँ रकमान्तर गरेको भन्दै एमालेले प्रदेशसभा बैठक अवरुद्ध गरेको हो । आर्थिक वर्षको अन्तिम समयमा के कति कारणले बजेट रकमान्तर गरेको भन्ने जवाफ माग गर्दै एमाले शनिबार बैठक सुरु हुनेबित्तिकै प्रदेशसभा अवरुद्ध गरेको हो । एमाले संसदीय दलका उपनेता दीपेन्द्र ठाकुरले अर्थमन्त्रीले बजेट रकमान्तरमार्फत गरेको अनियमितताको जवाफ मुख्यमन्त्री सरोज यादवले नदिए बैठक चल्न नदिने बताए । त्यसपछि सभामुख रामचन्द्र मण्डलले १० मिनेटका लागि बैठक स्थगित गरेका छन् असार १ गते बजेट ल्याएपछि शनिबार २३ औं दिन बजेटमाथि छलफल गर्न प्रदेश सभा बैठक बसेको थियो  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *