सदनको अवरोध खुलाउने पहल स्वरुप प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्दैछन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा हुन लागेको छलफलमा सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि बोलाइएको छ । स्रोतले भन्यो, ‘शीर्ष नेताबीचको छलफल सदनको अवरोध खुलाउने विषयमा केन्द्रित हुनेछ ।’
एमालेले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने अडानमा अहिलेसम्म कायम रहेकाले आजको छलफलबाट निकास निस्किने सम्भावना भने देखिएको छैन । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले आजको संसद बैठकमा पनि विरोध जारी राख्ने बताए ।