मनाङ एयरको हेलिकोप्टर दुर्घटना :पाइलटसहित ६ जना सवार

फाइल तस्विर

सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुरामा दुर्घटना भएको छ । सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले बाटो हिड्ने बटुवाहरूले हेलिकोप्टर दुर्घटना भएको जानकारी आफूहरूलाई दिएको बताउनु भएकाे छ ।

‘दुर्घटना भएको स्थानमा उद्धारका लागि प्रहरी टोली परिचालन भइसकेको र सदरमुकामबाट घटनास्थलसम्म पुग्न करिब डेढ घण्टा लाग्छ’, उनले भने।

सोलुखुम्बुदेखि काठमाडौं आउँदै गरेको विदेशी यात्रुसहितको 9N–AMV कलसाइन हेलिकोप्टर  १० बजेर १ मिनेटपछि सम्पर्कविहीन भएको थियो। यता त्रिभुवन अन्तर्राट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले सेनाको हेलिकोप्टर पनि उद्धारका लागि  परिचालन भइसकेको बताउनु भयाे। उक्त हेलिकोप्टरमा पाइलटसहित ६ जना सवार थिए। जसमा पाइलट नेपाली र अन्य यात्रु मेक्सिकन रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *