आज सभामुखबाट बजेट प्रमाणित भयो

सभामुख देवराज घिमिरेले संघीय संसद्का दुवै सदनको बैठकबाट पारित आर्थिक वर्ष २०८०।०८१ को बजेटसम्बन्धी विधेयक आज प्रमाणित गरेका छन्। नेपालको संविधानको धारा ११३ को उपधारा (१) बमोजिम सभामुखले प्रतिनिधिसभाले संशोधनबिना पारित गरेको र राष्ट्रियसभाले सुझावबिना फिर्ता पठाउने गरी पारित गरेका विनियोजन विधेयक, २०८०, आर्थिक विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० प्रमाणित गरेका हुन्। संसद्का दुवै सदनले पारित गरेका विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कार्यान्वयनमा जाने प्रावधान छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *