आज केही स्थानमा भारी वर्षाको सम्भावना

देशभर मौसम सामान्यदेखि पूर्ण बदली रहेको छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ-गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिनभर नै सबै प्रदेशका केही ठाउँमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानहरुमा मेघ-गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । केही ठाउँमा भारी वर्षातका साथै हावाहुरी, चट्याङ, बाढीपहिरोको सम्भावना भएकोले सतर्कता अपनाउन महाशाखाले सचेत पनि गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *