नेपालगन्ज काेरा साइक्लिङ्गकाे ५औं संस्करण सम्पन्न


नेपालगन्ज काेरा साइक्लिङ्गकाे ५औं संस्करण आज सम्पन्न भएको छ । यस बर्षको कार्यक्रममा ७ बर्षिय अभिनब चौधरी सहित ६५ जनाकाे सहभागिता रहेको थियोे ।

साइकल महाउत्सवका रूपमा मनाइदै आएको कोरा साइक्लिङ प्रतियोगिता २०२३ नेपालगन्जमा आयोजना भएको हाे । कार्यक्रममा नेपालगन्ज एसओएस युवालयको समेत सहभागिता रहेको कार्यक्रममा आयोजक नेपालगन्ज साइक्लिङ क्लबका अध्यक्ष सतिश निरौलाले जानकारी दिनुभयो ।

नेपालगन्ज बौद्धगुम्बाबाट बिहान६ बजेर ३० मिनेटमा शुरु गरिएको कार्यक्रमको शुभारम्भ भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर बद्री चापागाईंले गर्नुभएको थियो। साइकल यात्रीहरुले नेपालगन्जको बौद्ध गुम्बा, जामे मस्जिद , बागेश्वरी मन्दिर, हनुमानगढी मन्दिर , गुरुद्वारा, ज्योतिचर्च , त्रीशक्ती मन्दिर हुँदै चौलिक्का, ढोडेगाउँ , शिवपुरा इन्डो- नेपाल बोर्डर हुँदै जोगागाउ मन्दिर भएर ३० किलोमीटर का यात्रीहरु नेपालगन्ज फर्किए । भने १ सय किलोमीटरका यात्रीहरु बर्दियाका केही स्थल परिक्रमा गरी नेपालगन्ज फर्किए । एउटा समुह अगैया हुँदै नेपालगन्ज फर्किएको क्लबका सचिव प्रदीप सापकोटाले जानकारी दिनुभयो ।

कार्यक्रमलाई भब्य र उत्सवमय वातावरणमा सम्पन्न गर्न सहभागित कुनै पनि सरकारी तथा गैरसरकारी संस्था तथा व्यावसायिक प्रतिष्ठानबाट सहयोग नलिएर स्वयं सहभागी आफ्नै खर्चमा स्वतस्फूर्त सम्पन्न गरिएको अध्यक्ष निराैलाले जानकारी दिनु भयो ।