राष्ट्रपतिद्वारा बजेटसम्बन्धी तीन विधेयक प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलले बजेटसम्बन्धी तीनवटा विधेयकलाई आज प्रमाणीकरण गर्नुभएको छ । ती विधेयकमा विनियोजन विधेयक, २०८०, आर्थिक विधेयक २०८० र राष्ट्र ऋण उठाउने विधेयक २०८० छन् ।  सङ्घीय संसदबाट पारित भई नेपालको संविधान अनुसार प्रमाणीकरणका लागि पेश हुन आएका विधेयकलाई प्रमाणीकरण गर्नुभएको जानकारी प्रवक्ता शैलजा रेग्मी भट्टराईले दिनुभयो ।  यी विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि साउन १ गतेबाट नयाँ आर्थिक वर्षको बजेटबाट खर्च गर्नका लागि बाटो खुलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *