श्यामानन्द सिंह ठकुरी प्रतिभा अनेक मध्येका एक व्यक्तित्व हुनु हुन्छ । उहाँ नेपाली कला, साहित्य र गीतसंगीतका अब्बल क्षमतवान हुनु हुन्छ । उहाँको साथी कलाकारिता, उहाँको खुसीको पल गीतसँगीत, उहाँको उमंगको पल कला अवलोकन गराउदा र गीत सुनाउदा हुन्छ । त्यसैले त जतिले चिन्छन कलाकार श्यामानन्द, अवधि गीत संगीतका श्रष्ठा श्यामानन्द, नेपाली र अवधि भाषाका साहित्यकार श्यामानन्द भनेरै चिन्दछन । उहाँ लामो समय नेपाल टेलिकममा जागरिरे जीवन विताउनु भयो । करिब २५ वर्षको अवधिका आर्जन गरेको सम्पति साथीहरुसँग आफ्नो जागिरे पेशा बाहेक बहुप्रतिभाका धनि श्यामानन्द भन्ने पहिचान आर्जन गर्नु भयो ।
उहाँलाई स्थानीय बासीले बहुप्रतिभाशाली व्यक्तित्व भनेर चिनेपनि सरकारले उहाँको प्रतिभालाई संरक्षण गर्ने र भाविसन्ततिका लागि पहिचान बनाउने काममा सहयोग नगरेकोमा मात्रै उहाँ दुख व्यक्त गर्नु हुन्छ । बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं. ९ निवासलाई नै उहाँले श्यामानन्द कला तथा संस्कृति प्रतिष्ठानको रुपमा सग्रालय बनाउनु भएको छ । सयौं प्रकारका कलाआत्मक सिर्जनाले उहाँका घरका ४ वटा कोठा भरिएका छन् । उहाँका घरमा जताततै विभिन्न संस्कार, धर्मा, सम्पदा, भौतिक निर्माण जस्ता कलात्मक सिर्जनाले भरिएको छ । उहाँ भन्नु हुन्छ मेरो गुनासो कसैसँग छैन यी सिर्जना मैले मेरो समाज र मावन निर्मित वस्तुका आर्कितिहरु बनाएको हुँ यी राज्यले संरक्षण गरिदिए म कला बनाउन सकेकोमा हर्षित हुने थिए भन्नु हुन्छ । उहाँ नेपालमा अवधि गीत रेकर्ड गर्ने पहिलो व्यक्ति हुनु हुन्छ । यसका साथै अहिले पनि आफ्ना गीतका सिर्जना जो रेकर्ड गर्न सक्नु भएको छैन तिनै गीतले भरिएका डायरीका पाना पल्टाउदै यति धेरै गीत जो अवधि भाषामा राष्ट्रिय गीत, आधुनिक गीत तथा लोक संस्कृतिक गीग सुनाउनु हुन्छ । श्रीमति र परिवारका हरेक सदस्यले उहाँको सिर्जनाको संरक्षण गर्ने, व्यवस्थापन गर्ने र उहाँले सिर्जना गर्दा सहयोग गरेकै कारण अवध क्षेत्रमा अब्बल कला र संस्कृतिका श्रष्ठा श्यामानन्द हुनु भएको छ ।
श्यामानन्दका कलाकारिताका केही सिर्जनामा यसरी हेर्न सकिन्छ ।