अख्तियार दुरुपयोग अनुसन्धानले एक वर्षमा ७६० जनाविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गएको आर्थिक वर्षमा विभिन्न अभियोगमा ७६० जनाविरुद्ध मुद्दा दायर गरेको छ । आर्थिक वर्ष २०७९-८० मा दायर भएका १६२ वटा मुद्दामा प्रतिवादीको संख्या ७६० रहेको जानकारी आयोगका प्रवक्ता भोला दाहालले दिनुभयो ।

जसमध्ये विशिष्ट श्रेणीका राष्ट्रसेवक कर्मचारी एक, अन्य राष्ट्रसेवक कर्मचारी ३५५, बिचौलिया तथा मतियारलगायत अन्य १७८ जना छन् । यसैगरी, निर्वाचित र मनोनीत पदाधिकारी २२६ जना छन् । कुल ७६० जनाविरुद्ध एक अर्ब ७७ करोड ५८ लाख ४६ हजार ४३४ रुपियाँ बिगो माग दाबी गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *