एमाले कार्यवाहक अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल

फाइल तस्वीर

नेकपा (एमाले)को कार्यवाहक अध्यक्ष वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल जिम्मेवारी पाउनु भएकाे छ। केपी शर्मा ओली निर्वाचन पर्यवेक्षण र राजनीतिक गोष्ठीमा सहभागी हुन कम्बोडिया गएपछि पोखरेलले कार्यवाहक अध्यक्षको जिम्मा पाउनु भएकाे हाे ।त्यस्तै संसदीय दलको नेताको कार्यवाहक उपनेता सुवास नेम्वाङलाई दिइएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनु भयाे।

अध्यक्ष ओली साउन ८ गते स्वदेश फर्कने कार्यतालिका रहेको छ। उनी गएराति ११ः१० बजे कम्बोडिया प्रस्थान गरेका हुन्।