एसिसी एशिया कप पाकिस्तानको मुल्तानमा नेपाल र पाकिस्तानबीच हुने

आगामी भदौ १३ देखि ३१ गतेसम्म हुने एसिसी एशिया कप क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो उद्घाटन खेलमा पाकिस्तानको सामना गर्ने भएको छ ।

एशियन क्रिकेट काउन्सिल (एसिसी) ले सार्वजनिक गरेको खेलतालिका अनुसार उद्घाटन खेलमा नेपालले घरेलु टोली पाकिस्तानको सामना गर्ने भएको हो । आगामी भदौ १३ गते हुने उद्घाटन खेल पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा हुनेछ ।यस संस्करणको एशिया कप एकदिवसीय क्रिकेट प्रतियोगिता पाकिस्तान र श्रीलङ्कामा हुनेछ  । प्रतियोगिताका १३ खेलमध्ये चार खेल पाकिस्तानमा हुनेछ भने बाँकी नौ खेल श्रीलङ्कामा हुनेछन् ।

एशिया कपमा नेपाल समूह ए मा परेको छ । नेपालको समूहमा भारत र पाकिस्तान छन् । त्यस्तै समूह बीमा श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् । प्रत्येक समूहका विजेता र उपविजेता टोली सुपर फोरमा पुग्नेछन् । त्यसपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *