ओखलढुङ्गाका प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडासहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालका अनुसार खतिवडासहित तत्कालीन वडा अध्यक्ष दामोदर धमला, तत्कालीन इन्जिनियर अमृत कुमार दाहाल र तत्कालीन खानेपानी तथा सरसफाइ प्राविधिक दिल कुमार बुढाथोकीविरुद्ध चार लाख ७७ हजार ८९९ रुपियाँ भ्रष्टाचार आरोप लागेको जानकारी दिनुभयो ।

उपभोक्ता समितिका अध्यक्ष डिक कुमार धमला, सचिव दीपक प्रसाद धमला, कोषाध्यक्ष गोठी माया मगर नेपाल विद्युत प्राधिकरण, ओखलढुङ्गा वितरण केन्द्रका तत्कालीन कार्यालय प्रमुख सञ्जीव साह, भण्डार प्रमुख वीरबहादुर राई र नमामी सप्लायर्सका प्रोप्राइटर सञ्जीव कुमार यादवले खरिद नै नगरिएको सामग्री आयोजना सुरु हुनुभन्दा अघिको मिति राखी बिलमार्फत गरेको आरोप लागेको आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *