बस र ट्रक दुर्घटनामा ११ जना घाइते

नारायणगढ मुग्लिन सडकको चौधकिलोमा मगलवार विहान बस र ट्रक एक आपसमा ठक्कर खादा ११ जना यात्रु घाइते भएका छन् । विहान करिव ७स्३५ बजेको समयमा जिल्ला चितवन भरतपुर म.न.प.२९ चौधकिलो पुलमा  नारायणगढबाट मुग्लिङ तर्फ जादै गरेको रा१८ ख२२३६ नं।को बस र बिपरीत दिशाबाट आउदै गरेको ना६ ख ४९४२ नं.को ट्रक एक आपसमा ठक्कर खाँदा सो दुर्घटना भएको हो ।घाइतेहरुको  पुरानो मेडिकल कलेजमा उपचार हुँदै सबैको अबस्था सामान्य । बस चालकको खुट्टा च्यापिएको निकाल्ने कार्य भई रहेको प्रहरी नायव उपरीक्षक विजय पण्पुडितले जानकारी दिनुभयो । अहिले राजमार्ग पुर्ण रुपमा अबरुद्ध भएको छ ।