सांसदका उम्मेदवार २४ सय ३५ जनालाई १५ हजारका दरले जरिवाना

निर्वाचन आयोगले २०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यमा उम्मेदवारलाई निर्वाचन खर्च विवरण पेश नगर्ने उम्मेदवारलाई १५ हजार रुपियाँ जरिवाना तोक्ने निर्णय गरेको छ।

आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले मंगलबार विज्ञिप्ति जारी गर्दै प्रतिनिधि सभातर्फ २३ सय ७४ र प्रदेश सभातर्फ ३१ सय ८८ जना समेत गरी जम्मा ५५ सय ६२ लाई ऐन बमोजिम निर्वाच्न खर्च विवरण सार्वजनिक गर्न लिखित जानकारी गराइएको थियो।

यसमा विवरण सार्वजनिक नगर्ने प्रतिनिधि सभातर्फका १०३७ र प्रदेश सभातर्फका १३ सय ९८ गरेर जम्मा २४ सय ३५ जनालाई १५ हजार रुपियाँका दलले जरिवाना गर्ने निर्णय गरिएको जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *