कोशी प्रदेशका सभामुख बाबुराम गौतमले आफ्नो कदमलाई सर्वाेच्च अदालतले ‘करेक्सन’ गरिदिएको बताएका छन् ।कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्रीमा समर्थन गर्ने गौतमको कदमलाई बिहीबार सर्वाेच्च अदालतले अवैधानिक ठहर गरिदिएपछि गौतमले आफ्नो कदमलाई सर्वोच्चले सच्याइदिएको प्रतिक्रिया दिएका हुन् ।
सभामुख गौतमले आफूले राजीनामा दिनेबारे नसोचेको बताए । उनले कसैले आफ्नो राजीनामा माग पनि नगरेको बताए । आदेशले नैतिक संकट पर्यो नि भन्ने प्रश्नमा उनले भने, ‘सर्वाेच्चले नयाँ विधिमा ढालेको छ, एउटा निर्णय दिएको छ, त्यो निर्णयलाई परिपालन गर्ने हो । त्यो (राजीनामा) हल्ला मात्रै हो ।’
अनलाइनखबरबाट