कैलालीमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिंदा प्रहरी जवानको मृत्यु भएको छ ।आइतबार साँझ पूर्वपश्चिम राजमार्ग अन्तरगत गोदावरी नगरपालिका-३ को चौकीडाँडामा ट्याक्टरको ठक्करबाट नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगरमा कार्यरत प्रहरी जवान कपिल कठायतको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल पछाडि सवार अर्का जवान हेमराज ताउडाको अवस्था पनि गम्भीर रहेको छ । उनको माया मेट्रो अस्पतालमा आईसीयुमा राखेर उपचार भइरहेको छ । ताउडा प्रहरी तालिम केन्द्र दिपायलमा कार्यरत प्रहरी जवान हुन् । ट्याक्टर र चालकलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ ।