प्रधानन्यायाधीशको नाम सिफारिसलगायतका विषयमा छलफल गर्न संवैधानिक परिषद्को बैठक सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा बैठक बसिरहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ। प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा बैठक बसिरहेको छ। उनी परिषाद्का अध्यक्ष पनि हुन्।
अहिले सर्वोच्चका न्यायाधीशहरूमा विश्वम्भरप्रसाद श्रेष्ठ पहिलो नम्बरमा रहेका छन् । हालका प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि साउन २० गते सकिने भए पनि अहिलेसम्म नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस हुन सकेको छैन । संविधानत: एक महिना बाँकी छँदै प्रधानन्यायाधीश सिफारिस गर्नुपर्नेमा छ। कार्कीको अवकाशपछि सर्वोच्च अदालतमा ७ न्यायाधीश रिक्त हुनेछन् ।