काेशी प्रदेशमा सत्तारुढ गठबन्धनमा रहेका तीन दलले १-१ जना मन्त्री सरकारमा पठाउने सहमति गरेका छन् । मंगलबार नियुक्त मुख्यमन्त्री उद्धव थापाले बुधबार ५ बजे शपथ ग्रहण गर्दैछन् ।
उनीसँगै माओवादी केन्द्रका बाबुराम गाैतम, नेकपा एकीकृत समाजवादी पार्टीबाट कमलप्रसाद जवेगु र कांग्रेसबाट प्रदीप सुनुवारले शपथग्रहण गर्नेगरी भागवण्डा मिलेको हाे ।
पहिलो चरणमा मुख्यमन्त्रीसहित चार जनाले शपथ ग्रहण गर्ने र विश्वासको मत लिएपछि सरकार विस्तार गर्ने तयारी रहेकाे उनले बताए । मुख्यमन्त्री र मन्त्रीले मंगलबार ५ बजे शपथ ग्रहण गर्दैछन् ।
विहान १० बजे नै शपथ ग्रहण गर्ने तयारी भए पनि काङ्ग्रेस र माओवादीभित्रकाे विवादले मन्त्री चयनमा ढिलाइ भएपछि बेलुका ५ बजेका लागि शपथ सारिएको हो ।