संसद हामीले होइन सरकारले रोकेको हो: अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद आफूहरूले नभइ सरकारले रोकेको आरोप लगाएका छन्। आफूहरूले सुनकाण्डबारे बोल्न पाउनुपर्ने माग गर्दा सरकारले बोल्न नदिनका लागि संसद रोकेको ओलीको भनाइ छ। तुल्सीलाल अमात्य स्मृति दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा बोल्दै ओलीले सुन तस्करी प्रकरणमा गृहमन्त्रीको मात्रै कुरा सुनेर आफूहरू नबस्ने बताए।

‘हामीले गृहमन्त्रीले बोलिदिनुस् सदन खोलिदिन्छौ भनेको होइन। सांसदहरुले बोल्न पाउनुपर्छ भनेका हौं। तर सरकारले सांसदले बोल्छन् भनेर सभामुखलाई दबाब दिएर सूचना टाँसेर संसद रोकेको हो।’  ओलीले भने, ‘सरकारले बालुवाटारको सहमति संसदमा पुग्दा केपी ओलीले छाड्यो भनेर कुप्रचार गर्‍यो।’ सुन तस्करी प्रकरणमा सरकार आफैं संलग्न रहेकाले आफूहरूले उच्चस्तरीय छानबिन समिति बनाउन माग गरेको ओलीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *