माओवादी केन्द्रकाे केन्द्रीय कमिटी ४०९ सदस्यीय

नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा २४ जना महिला सदस्य थपपछि अब ४०९ सदस्यीय केन्द्रीय कमिटी बनेको छ ।

केन्द्रीय समितिमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्न २४ जना महिला थप गर्ने प्रस्ताव अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबारको केन्द्रीय समिति बैठकमा गरेका छन् ।

हाल माओवादी केन्द्रको केन्द्रीय समितिमा ३८५ जना छन्, २४ जना महिला थप गरेपछि ४०९ सदस्यीय भएको छ ।