धामीकाे नेतृत्वमा समावेशी प्यानल घाेषणा

 नेपालगन्ज उद्योग वाणिज्य संघको भदौ २ गते हुने निर्वाचनका लागि समावेशी प्यानलले उम्मेदवार सार्वजनिक गरेको छ । आज एक कार्यक्रमका बिच सिद्धार्थ कटेजमा उम्मेदवार घोषणा गरियको हो।समावेशी प्यानलले अध्यक्षमा टंक बहादुर धामी, उपाध्यक्ष (उद्योग)मा चिरञ्जीवि ओली, उपाध्यक्ष (वाणिज्य) मा हरिलाल न्यौपाने, उपाध्यक्ष (महिला)मा मन्दिरा पाण्डे, महासचिवमा भीम बहादुर रानाभाट, उपमहासचिवमा मदनराज शर्मा, कोषाध्यक्षमा सलाउद्दिन जसगढलाई  सदस्य तर्फ इन्दिरा कुमारी शाही, टोप बहादुर थापा, विष्णु श्रेष्ठ, बुद्धिबहादुर दियाली, सुदन केसी, शिवराज बर्मा, धर्मेन्द्र सिंह ठटेर, जमालुदिन अन्सारी, टिकामणि उपाध्याय, डम्बर चन्दलाई उम्मेदवार बनाउने घोषणा गरेको छ ।

घोषणासभामा नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी(चुन्ना) निबर्तमान अध्यक्ष नन्दलाल बैश्य निर्वाचन परिचालन समिती सयोजक इश्वर पोख्रेल लगायतको उपस्थिती थियो ।