साझा प्रजातान्त्रिक समूहकाे उम्मेदवारी घोषणा

नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी भदौं २ गते हुन लागेको निर्वाचनका लागि साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समुहले आफ्ना उम्मेदवार घोषणा गरेको छ ।

नेपालगन्जमा बिहीबार एक भव्य समारोहका बीच उक्त समुहले आफ्ना उम्मेदवार घोषणा गरेको हो । सो समुहको तर्फबाट अगुवा व्यवसायी ललितकुमार रौनियारलाई अध्यक्ष पदको उम्मेदवार घोषणा गरिएको छ ।

यस्तै संघको उपाध्यक्ष पदमा विश्णुप्रसाद श्रेष्ठ (वाणिज्य), मोहम्मद सफिक बेहना(उद्योग) र करिश्मा योगी(महिला) लाई अगाडी सारिएको छ । यसैगरी संघको महासचिवका लागि टंकप्रसाद शर्माको नाम घोषणा गरिएको छ । उनी नेपाल जडिबुटी व्यवसायी संघका केन्द्रीय अध्यक्ष हुन ।

Ghosana1691053988.jpg

त्यस्तै संघको उप-महासचिव पदका लागि टेकबहादुर खड्का र कोषाध्यक्षमा मख्खनबहादुर धामीको नाम घोषणा गरियो ।

त्यसैगरी संघको सदस्यहरुमा व्यवसायी सुनिल भण्डारी, शिवप्रसाद दाहाल, विवेककुमार श्रेष्ठ, सन्तोषकुमार पौडेल, युवराज ढकाल, प्रमोदकुमार अग्रबाल, पदम श्रेष्ठ, कैफुल वरा जोलाहा, अतुल कुमार गुप्ता,बलबहादुर बिष्टको नाम घोषणा गरिएको छ ।

यसैगरी एशोसियट सदस्यमा प्रदीपकुमार गुप्ता र पुरुषाेतम अग्रवाललाई उक्त समुहले मैदानमा उतारेको छ । प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेका अध्यक्ष संजय थापाको अध्यक्षतामा आयोजित घोषणा सभमा पार्टीका नेताहरु, जनप्रतिनिधी, उद्योगी, व्यवसायी लगायतको उल्लेख्य मात्रामा सहभागिता रहेको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *