नेकपा एसका केन्द्रीय सदस्य कर्माचार्य र तामाङसहित सयौं कार्यकर्ता एमालेमा प्रवेश

माधव नेपालले पार्टी हैन क्लब मात्र चलाएको भन्दै नेकपा एकीकृत समाजवादी नेकपा एसका दुईजना केन्द्रीय सदस्य सहित ठूलो संख्यामा नेताहरु सिन्धुपाल्चोकमा एमाले प्रवेश गरेका छन् ।
केन्द्रीय सदस्य सुवास कर्माचार्य र उपेन्द्र तामाङसहित सिन्धुपाल्चोकका सयौँ नेता तथा कार्यकर्तालाई महासचिव शंकर पोखरेल,बागमती प्रदेशका इन्चार्ज गुरु बराल,स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ र जिल्ला इन्चार्ज गोकुल बाँस्कोटाले एमालेमा स्वागत गर्नुभएको छ ।

एमाले प्रवेश गर्नेहरूमा केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटी, पालिका र वडा तथा विभिन्न जनवर्गीय संगठनहरूमा आवद्ध नेता तथा कार्यकर्ताहरू छन् ।

प्रवेशीहरूलाई नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीमा स्वागत गर्नुभयो । सिङ्गो जिल्ला नै खाली गरेर एमाले प्रवेश गर्न लागेको सुइँको पाएपछि कर्माचार्यलाई हिजोमात्रै नेकपा एसले पार्टीबाट कारबाही गरेको थियो ।

उहाँलाई कारबाही गरेको भोलिपल्टै कर्मचार्य नेकपा एमालेमा प्रवेश गर्नुभएको हो । आफूसँगै उहाँले जिल्ला नै खाली गराएर नेता तथा कार्यकर्ताहरू एमालेमा प्रवेश गराएर पार्टी नेतृत्व माधव नेपाललाई चुनौती सृजना गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *