उपराष्ट्रपति यादव अर्को साता चीन जानुहुँदै

उपराष्ट्रपति रामसहाय प्रसाद यादव चीन भ्रमणमा जानुहुने भएको छ । जनवादी गणतन्त्र चीनको कुनमिङ्ग शहरमा यही साउन ३१ देखि भदौ ३ गतेसम्म आयोजना हुने सातौं ‘चाइना–साउथ एसिया एक्सपो’मा सहभागी हुन उपराष्ट्रपति यादव चीन भ्रमणमा जान लाग्नुभएको हो ।

मङ्गलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले उपराष्ट्रपति यादवको चीन भ्रमण कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको हो ।

बुधबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बैठकको निर्णय सार्वजनिक गर्नुहुँदै जनवादी गणतन्त्र चीनको कुनमिङ्ग शहरमा साउन ३१ देखि भदौ ३ गतेसम्म आयोजना हुने सातौं ‘चाइना–साउथ एसिया एक्सपो’मा सहभागी हुन उपराष्ट्रपति यादवको चीन भ्रमण कार्यक्रम स्वीकृत गर्ने निर्णय भएको जानकारी दिनुभयो । उपराष्ट्रपतिमा निर्वाचित हुनुभएपछि यादवको यो पहिलो विदेश भ्रमण हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *