करेन्ट लागेर ६ वर्षीया बालिकाको मृत्यु

कपिलवस्तुको विजयनगर गाउँपालिका–२ जर्लैयामा करेन्ट लागेर ६ वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा चाँदअली भाटकी छोरी साहिना खातुन रहेको प्रहरीले जनाएको छ । चापाकलमा जडान गरिएको पानी तान्ने मोटर प्रयोग गरी नुहाउँदै गर्दा करेन्ट लागेको थियो । इलाका प्रहरी कार्यालय गणेशपुरमा प्रहरी सहायक निरीक्षक डोल बहादुर थापाले करेन्ट लाग्दा वर्ष ४८ की हजुरआमा अन्जुम भाट घाइते हुनुभएको बताउनुभयो । नातिनीलाई करेन्ट लागेपछि उद्धार गर्न जाँदा हजुरआमालाई करेन्ट लागेको थियो । घाइते हजुरआमाको  स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।