नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ परेका कांग्रेस सांसद डा.सुनील शर्मालाई थुना बाहिरै राखेर मुद्दा अनुसन्धान गर्न जिल्ला अदालतले नेपाल प्रहरीको सीआईबीलाई आदेश दिएको छ ।
शर्मालाई सीआईबीले बिहीबार पक्राउ गरी शुक्रबार म्याद थपका लागि जिल्ला अदालतमा उपस्थित गराएको थियो । तर अदालतले हिरासतमा राख्ने अनुमति दिएन ।
यही प्रकरणमा पक्राउ परेका अन्य ७ जनालाई भने अदालतले हिरासतमा राख्न अनुमति दिएको छ । सुनील शर्मा प्रतिनिधिसभा सदस्य समेत भएका कारण अनुसन्धानका लागि उनलाई थुनामा राखिराख्नुपर्ने अपरिहार्यता नदेखिएको अदालतले ठहर गरेको छ ।