२४ औँ विश्व युवा दिवसकाे अवसरमा राष्ट्रिय युवा संघ नेपाल नेपालगन्ज नगर कमिटीले स्वस्थ्य चेततनामूलक कार्यक्रम गरेको छ । नेपालगन्ज नगर कमिटीले आज भेरी अस्पताल प्राङ्गणमा डेङ्गी र आई फुलु राेगबाट जनचेतनामूलक संदेश प्रवाहका लागि कार्यक्रम गरेको हाे ।
युवा दिवसको अवसर आयाेजित कार्यक्रम स्वास्थ्यकर्मीले डेङ्गी र आईफुलु संक्रमणबाट सुरक्षित हुने, संक्रमणकाे जानकारी पाउने र यसबाट कसरी सुरक्षित हुन सकिन्छ भन्ने बारेमा जानकारी गराएका थिए । कार्यक्रम प्रमुख अतिथि भेरी अस्पताल विकास समितिका अध्यक्ष विरेन्द्र शाहले संक्रमणबाट सुरक्षित समाज बनाउनका लागि आफुले सहयोगी भुमिका निर्वाह गर्ने बताउनु भयो । उहाँले भेरी अस्पतालकाे सेवालाई जनमुखी बनाउन राष्ट्रिय युवा संघ नेपालले साथ र सहयोगी दिनु पर्ने बताउनु भयो । अध्यक्ष शाहले आफु राजनीतिक आस्था भन्दापनि सेवाभावले काम गर्ने बताउनु भयो ।
कार्यक्रममा नेकपा (एमाले) बाँकेका उपाध्यक्ष डिल्ली बि.सी.ले राष्ट्रिय युवा संघकाे स्थापनाकाे प्रमुख उदेश्य राजनीतिक चेतना, सेवा र नागरिक सहयोगी भएकोले कुनै पनि विपद् वा मानवीय सेवा जुनसुकै जस्तोसुकै अवस्थामा अग्रभागमा काम गर्ने बताउनु भयाे । उहाँले राजनीति व्यवस्था परिवर्तन हाेस या नागरिककाे अवस्था परिवर्तन हाेस, समाजकाे सकारात्मक रूपान्तरणमा युवा सक्रियता हुने भएकोले याे अभियानमा अन्य आस्थाका युवालाई पनि साथमा लिएर अभियानकाे अगुवाइ गर्न युवालाई अनुरोध गर्नु भयो । कार्यक्रममा नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटी सदस्य रविन्द्र लम्साल बाँके जिल्ला प्रचार विभाग प्रमुख सतिष निराैला, स्वास्थ्य विभाग प्रमुख कुश्माखर बस्याल, नगर कमिटी सचिव माेहित शाह, अनेरास्ववियु जिल्ला अध्यक्ष प्रकाश विश्वकर्मा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमकाे अध्यक्ष नगर कमिटीका अध्यक्ष विरू थापाले गर्नु भएको थियो भने संचालन माधव खत्रीले गर्नु भएको थियोे ।