जनमत सरकारमा जाने, माओवादीका एक मन्त्री हट्ने र जसपाकाे समर्थन के हुने

प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी गरेका छन् ।प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् हेरफेर गरेर जनमत पार्टीलाई सरकारमा सहभागी गराउन लागेका हुन् । स्रोतका अनुसार मन्त्रिपरिषद आजै हेरफेर हुनेछ ।

जनमतले पार्टीबाट सांसद अनिता देवी साहलाई मन्त्रीका लागि यसअघि नै सिफारिस गरिसकेको छ । प्रधानमन्त्री प्रचण्डले अनितालाई आज मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् ।

प्रचण्डको मन्त्रिपरिषद् अहिले नै २५ सदस्यीय छ । जनमतलाई सहकारमा सहभागी बनाउन वर्तमान मन्त्रिपरिषद्का सदस्यलाई हटाउनु पर्नेछ ।माओवादी केन्द्रबाट मन्त्री भएकामध्ये एकलाई हटाएर जनमतकी अनिता देवीलाई मन्त्री नियुक्त गर्ने तयारी प्रचण्डको छ ।यसरी जनमत सरकारमा जाने भएपछि जसपाकाे सरकारलाइृ दिएकाे समर्थन रही रहने कि नरहने याे जसपाकाे निर्णयकाे पक्ष हाे । जसपाले राजनीतिक एजेण्डाका अाधारमा जनमत पार्टीसँगकाे सम्बन्ध सुमधुर छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *