गृहमन्त्री राजीनामा गर्न बाहेक रोष्ट्रममा जानु अनौठो : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री राजीनामा गर्नबाहेक अरु कामका लागि संसदको रोष्ट्रममा जानु अनौठो भएको बताएका छन् ।

एमालेले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले गृहमन्त्री असफल भइसकेको बताए । तर रोष्ट्रममा गएर ठूला गफ दिएको उनले बताए ।

‘गृहमन्त्रीले त रोष्ट्रममा राजीनामा गर्न बाहेक जानु भनेको अनौठो कुरा हो’ ओलीले भने, ‘चुरोट भनेर ल्यायो सुन हुन्छ, सुन भनेर पक्राउ गर्‍यो, राखेको ठाउँबाट चोरी हुन्छ । गृहमन्त्री जवाफदेही होइन ?’