मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित छ । यसका साथै भारतको उत्तर पूर्वी उत्तर–प्रदेश तथा उत्तर पश्चिम बिहार आसपासमा रहेको न्यूनचापीय प्रणालीको पनि प्रभाव छ ।
हाल देशभर सामान्यदेखि पूर्ण बदली छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
यसैगरी, पाँच जिल्लामा भारी वर्षा भएको छ । मौसमविज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाका अनुसार गत २४ घण्टामा सुर्खेत, बर्दिया, सिन्धुली, लमजुङ र मकवानपुर जिल्लामा भारी वर्षा भएको छ ।
गत २४ घण्टामा सुर्खेतमा १४४, बर्दियामा २०७, सिन्धुलीमा १६१, लमजुङमा १४७ र मकवानपुरमा १६९ मिलिमिटर वर्षा मापन भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
भारी वर्षाका कारण बबई नदीले बर्दियाको चेपाङ भाडा पुलमा जल सतह पार गरेको छ । महाशाखाका अनुसार बबई नदीको जलसतह ७.१७ मिटर पुगेको छ ।
मनसुनको न्यूनचापीय रेखा नेपाल नजिक रहेको र न्यूनचापीय प्रणालीको प्रभावका कारण देशभर मध्यमदेखि भारी वर्षा भइरहेको छ ।
वर्षाका कारण बबई नदीले चेपाङ भाडा पुलमा सतर्कता तह पार गरेको छ । महाशाखाका अनुसार चेपाङमा बबई नदीको जलसतह ५.७३ मिटर पुगेको भने भाडामा ७.१७ मिटर पुगेको छ ।
यसका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकाले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन जल तथा मौसमविज्ञान विभागले अनुरोध छ ।