त्रिवि सेवा आयाेग अध्यक्षमा भट्टराई नियुक्त

प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहालले मंगलबार त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा प्रा.डा. घनश्याम भट्टराईलाई नियुक्त गर्नु भएको छ। उहाँ प्राध्यापक संघ केन्द्रीय क्याम्पस कीर्तिपुरका पूर्व अध्यक्ष हुनु हुन्थ्यो । शिक्षामन्त्री तथा सहकुलपति अशोककुमार राई अध्यक्षताको समितिको सिफारिसमा भट्टराईलाई अध्यक्ष नियुक्ति गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ । नवनियुक्त अध्यक्ष भट्टराई इतिहास केन्द्रीय विभागका प्राध्यापक हुनु हुन्छ । उहाँ सत्तारुढ कांग्रेस कोटाबाट अध्यक्ष नियुक्तिका लागि सिफारिसमा परेको शिक्षा मन्त्रालय स्रोतले जनायो । समितिले ३ जनाको नाम सिफारिस गरेको थियो । प्राध्यापकद्वय निलम श्रेष्ठ प्रधान र टंकनाथ धमला पनि सिफारिसमा परेका थिए । प्रधानमन्त्री सचिवालयका एक सदस्यले मेरिटको आधारमा भट्टराईलाई नियुक्त गरिएको दाबी गर्नु भएको छ। त्रिवि सेवा आयोगले एक वर्ष अध्यक्ष पाएको हो । २०७९ साउन १८ गते आयोग अध्यक्षविहीन छ । अध्यक्ष नहुँदा अध्यापक कर्मचारी छनौट र बढुवाको काम ठप्प छ । गत वर्ष अध्यक्ष नियुक्ति गर्न शिक्षा मन्त्रालयले आवेदन माग गर्दा ३८ जनाले दरखास्त दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *