गुल्मीमा रुखमा झुन्डिएर एक जनाको मृत्यु

गुल्मीमा रुखमा झुन्डिएर एक जनाको मृत्यु भएको छ । जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नम्बर – ४, जुखुम बस्ने ललितबहादुर रानाको १८ वर्षीय छोरा ट बहादुर रानाको आफ्नै खरबारीमा रहेको खनियाको रुखमा झुन्डिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

आज (बुधबार) बिहान ६ः०० बजेको समयमा राना घरदेखि अन्दाजी २०÷२५ मिटर पश्चिमतर्फ आफ्नै खरबारीमा घाँस काट्न गएकोमा खनियाको रुखमा नाम्लोको पासो लगाई झुण्डिरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब निरीक्षक (डिएसपी) डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।

प्रहरी नायब निरीक्षक पाण्डेका अनुसार बुबा र दाजुले मृतक रानाको बिहान ८ः५० बजेको समयदेखि पासो फुकाई भुइँमा राखेको भन्ने खबर ०९ः१५ बजे टेलिफोनमार्फत जानकारी भएपछि प्रहरी चौकी पुर्तीघाटबाट प्रहरी सहायक निरीक्षकको टोली खटिएको छ ।

घटनाको थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय रिडीबाट प्रहरी निरीक्षक यमलाल बञ्जाडेको कमाण्डमा पाँच जनाको टोली खटिएको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *