एमाले लुम्बिनी प्रदेशको अधिवेशन भदौ १६ र १७ गते हुने

नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीको पहिलो अधिवेशन भदौ १६ र १७ गते बुटवलमा हुने भएको छ । प्रदेश अधिवेशनकाे तयारीका लागि प्रदेश ईन्चार्ज, प्रदेशका पदाधिकारी, लुम्बिनी प्रदेशका केन्द्रीय सदस्य र एमाले लुम्बिनीका नेता कार्यकर्ता जिम्मेवारी अनुसारको काममा जुटेका छ ।

प्रदेश अधिवेशन भव्य रूपमा सम्पन्न गर्नेका लागि विभिन्न उपसमितिमा कार्यविभाजन गरि कार्यसम्पादन भईरहेकाे छ । आर्थिक व्यवस्थापन, प्रतिनिधि छनाैट तथा व्यवस्थापन, मञ्च व्यवस्थापन र अतिथि सत्कार जस्ता कार्यहरूमा काम भईरहेकाे छ । प्रदेश अधिवेशनका लागि १२ वटै जिल्लामा एकै भदौ ९ गते प्रतिनिधि छनाैट हुनेछन् ।

यसका साथै एमाले लुम्बिनी प्रदेशको अधिवेशनका लागि जनसंगठनबाट प्रतिनिधि छनाैट पनि एक दिन ९ गते नै हुने भएको छ ।