६० केजी ७१६ ग्राम सुन प्रकरणमा थप चारजना चिनियाँ नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद गरिएको ६० केजी ७१६ ग्राम सुन प्रकरणमा थप चारजना चिनियाँ नागरिक पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आज तीनजना पुरुष र एकजना महिलालाई पक्राउ गरेको हो । यसअघि प्रहरी हिजो पनि तीनजना चिनियाँ नागरिकलाई ३० लाख रकमसहित पक्राउ गरेको थियो । आज पक्राउ परेका चारैजना चिनियाँको नाम प्रहरीले खुलाइसकेको छैन। यो प्रकरणमा यसअघि नै १७ जना पक्राउ परिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *